Loading...
Logo

आजदेखि उद्योग खोल्न पाइने

काठमाडौँ, चैत २१ गते शुक्रबार । सरकारले आजदेखी उद्योग प्रतिष्ठानहरु खोल्न दिने भएको छ । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बिहीबार बसेको बैठकले खाद्य र अत्यावश्यक बस्तु उत्पादन गर्ने उद्योग प्रतिष्ठानहरु आवश्यक शर्त पुरा गरेर खोल्न दिने निर्णय गरेको हो ।
विशेष गरी खाद्य र औषधि उद्योग सञ्चालनमा जोड दिदै सरकारले अन्य उद्योगहरु पनि आवतजावत नगरि तर उद्योग भित्रै कामदार राखेर सञ्चालन गर्न चाहेमा स्थानीय प्रशासनले अनुमति दिने निर्णय भएको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी गराउनुभयो । त्यस्तै राष्ट्रिय गौरवका आयोजनामा पनि आवश्‍यक सुरक्षा सतर्कता अपनाएर सञ्चालन गर्न दिने निर्णय समितिले गरेको छ । जसअनुसार तामाकोसी, मेलम्ची लगायतका आयोजनामा पनि काम सुरु हुने भएको छ ।

स्रोत: Mero Online

Comments