- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौँ, चैत २१ गते शुक्रबार । अष्ट्रेलियास्थित नेपाली दूतावासले अष्ट्रेलियामा रहेका नेपालीलाई आफनो विवरण भरिदिन अनुरोध गरेको छ ।दूतावासले विहीवार सूचना जारी गदैं विवरण उपल्वध गराइदिए समस्या परेको बेला सहयोग गर्न सहज हुने बताएको छ ।
अष्ट्रेलिया, न्यूजिल्याण्ड,फिजी तथा प्रशान्त क्षेत्रमा रहेका नेपालीलाई आफनो विवरण भर्न दूतावासले अनुरोध गरेको हो ।
कोरोना भाइरसका कारण यि देशमा रहेका नेपाली विद्यार्थी, अभिभावक, तथा विभिन्न उदेश्यले रोकिएका सवैमा दूतावास सचेत रहेको बताएको छ । समस्या कठिनाइ र असुविधाप्रति दूतावास समस्या समाधानको निम्ति नेपाल तथा अष्ट्रेलिया सम्बन्धित निकाय सँग निरन्तर सम्पर्कमा रहेको दूतावासको भनाई छ ।
यस विषम परिस्थिमा उच्च मनोवलका साथ यथास्थानमा सुरक्षित र संयमित सरकारले निर्देशनको पूर्ण पालना गरि सहयोग गरिदिन दूतावासले अनुरोध गरेको छ ।
साथै कुनै समस्या परे दूतावासको सम्पर्क नम्वरमा फोन गर्न दूतावासको अनुरोध छ ।
-
-
7 months agoइजरायली आक्रमणमा आईआरजीसी प्रमुख सलामीको मृत्यु
-

Comments