Loading...
Logo

प्रदेश २ को जनकपुरधामबाट कोरोनाको परीक्षण सुरु

जनकपुर , चैत २१ गते शुक्रबार  । प्रदेश २ को राजधानी जनकपुरधामबाट कोरोना भाइरस (कोभिड–१९) को परीक्षण सुरु भएको छ । जनकपुरधाममा रहेको प्रादेशिक अस्पताल जनकपुरधाममा स्थापना गरिएको पीसीआर मेसिनबाट परीक्षण सुरु भएको प्रदेश २ को सामाजिक बिकास मन्त्रालयले जनाएको छ । 
नयाँ मेसिनको प्रदेश २ का सामाजिक विकास मन्त्रि नवल किशोर साहको उपस्थितिमा शुरु गरिएको उक्त मेसिनबाट दैनिक १० वटासम्म स्याब परीक्षण गर्न सकिने बताइएको छ । उक्त मेसिनको निरीक्षण गर्नुहुदै मन्त्री साहले यसबाट प्रदेशका जनतालाई केहि राहत पुगेको र थप राहतका लागि सप्तरीको राजविराज तथा पर्साको बिरगंजमा पनि कोरोना भाईरस परीक्षण छिट्टै सुरु गरिने बताउनुभयो।
  

स्रोत: Mero Online

Comments