- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौँ, चैत २१ गते शुक्रबार । मोबाइल एप र वेबसाइटमार्फत कोरोना भाइरस (कोभिड-१९) संक्रमण भए नभएको लक्षण जाँचका क्रममा १०७ जना रेड जोनमा परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । एप र वेब साइटमा विवरण भरेका ५ हजार ६ सय २६ जनामध्ये १०७ जना रेड जोनमा परेको मन्त्रालयले कोरोना भाइरसको पछिल्लो अवस्थाबारे जानकारी दिन आयोजित नियमित पत्रकार सम्मलेनका क्रममा जानकारी दिइएको हो ।
'मानिस आफैँले संक्रमण छ कि छैन भनेर लक्षण क्लिक गर्ने सक्ने व्यवस्था छ' भर्जुअल पत्रकार सम्लेनका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले भन्नुभयो 'त्यसमा आजसम्म ५ हजार ६ सय २६ जनाले इन्ट्री हुनु भएको छ । त्यसमध्ये १०७ जना रेड जोनमा हुनु हुन्छ । उहाँहरूको टेकुस्थिति इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले फलोअप गर्छ ।'
उहाँले प्राप्त विवरणलाई तीन क्याटागोरीमा राखेर मूल्यांकन गरेको बताउनुभयो । यसमा रेड जोन, एल्लो जन र ग्रीन जोनको क्याटागोरी बनाएर प्राप्त विवरणको मूल्यांकन गरेको र रेड जोनमा परेका व्यक्तिहरूलाई महाशाखाका स्वास्थ्यकर्मीले फलोअप गर्ने बताउनुभयो ।
केही व्यक्तिले विवरण गर्दा गलत तरिकाले भरेको पाइएकोले त्यस्तो नगर्ने मन्त्रालयले आग्रह गरेको छ । गलत सूचनाका कारण उपचार टिम विवरण भरिएका ठाउँमा पुगेर खाली हात फर्किनुपर्ने अवस्था आउने भन्दै प्रवक्ता देवकोटाले त्यसो नगर्न आग्रह गर्नुभएको हो

Comments