Loading...
Logo

पोखरामा कुनै कोरोना संक्रमित फेला परेको छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौँ, चैत २१ गते शुक्रबार । पोखरामा एक व्यक्तिमा कोरोना कोभिड १९ संक्रमण फेला परेको समाचार सार्वजनिक भएपछी त्यो सत्य नभएको स्वास्थ्य मन्त्रालयले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा  बताएको छ । 
पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले भन्नुभयो, पोखरामा अहिलेसम्म कोरोना पोजेटिभ फेला परेको छैन ।

गण्डकी प्रदेश सामाजिक मन्त्रालयको आधिकारिक बेवसाइटमै कुल संक्रमितको संख्या ७ भनेर अपडेट गरिएको  थियो ।सोही आधारमा बिभिन्न संचार माध्यमहरुमा सन्क्रमितको संख्या ७ पुगेको समाचार प्रकाशित भएको थियो ।  
 

स्रोत: Mero Online

Comments