- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौँ, चैत २२ गते शनिबार । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या ५९ हजार नाघेको छ । शुक्रबार एकैदिन ५ हजार ९ सय व्यक्तिले ज्यान गुमाएसँगै मृतकको संख्या ५९ हजार नाघेको हो ।
पछिल्लो विवरण अनुसार कोरोनाबाट इटालीमा मृतकको संख्या साढे १४ हजार पुगेको छ । त्यहाँ २४ घण्टामा मात्रै ७६६ व्यक्तिले ज्यान गुमाएका छन् । इटालीमा संक्रमितको संख्या १ लाख १९ हजार नाघेको छ ।
यस्तै, अमेरिकामा शुक्रबार मात्रै १३ सय व्यक्तिले ज्यान गुमाएका छन् । योसँगै त्यहाँ मृतकको संख्या ६ हजार नाघेको छ । अमेरिकामा २ लाख ७६ हजार संक्रमितको संख्या पुग्दा १२ हजार बिरामी भने निको भएका छन् ।
फ्रान्समा शुक्रबार मात्रै ११ सय व्यक्तिले कोरोना संक्रमण ज्यान गुमाएका छन् । त्यहाँ मृतकको संख्या कूल साढे ६ हजार पुग्दा ६४ हजार व्यक्ति संक्रमित भइसकेका छन् ।
स्पेनमा संक्रमितको संख्या १ लाख १९ हजार नाघेको छ । त्यहाँ मृतकको संख्या ११ हजार पुग्दा साढे ३० हजार व्यक्ति निको भएर घर फर्किसकेका छन् ।
जर्मनीमा संक्रमितको संख्या ९१ हजार पुगेको छ । त्यहाँ २४ हजार विरामी निको हुँदा १२ सय जनाले भने ज्यान गुमाएका छन् ।
चीनमा कोरोनाबाट मृत्यु र संक्रमित हुनेको संख्या घट्दो क्रममा छ । शुक्रबार त्यहाँ ३१ जना नयाँ संक्रमित थपिँदा ४ जनाले मात्रै ज्यान गुमाएका छन् ।
चीनमा साढे ८१ हजार संक्रमितमध्ये ७६ हजार ५ सय व्यक्ति निको भइसकेका छन् । कोरोनाको उत्पती भएको चीनमा हालसम्म ३३ सय व्यक्तिले ज्यान गुमाएका छन् ।
२०५ देशमा फैलिएको कोरोनाका कारण विश्वभर १० लाख ९७ हजार व्यक्ति प्रभावित भइसकेका छन् । जसमध्ये २ लाख २८ हजार व्यक्ति भने निको भएर घर फर्किसकेका छन् ।

Comments