Loading...
Logo

थप ३ जनामा कोरोना संक्रमण भेटियो, संक्रमितको संख्या ९ पुग्यो

मेरो अनलाइन

काठमाडौँ, चैत २२ गते शनिबार । नेपालमा थप ३ जनामा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या नौ पुगेको छ । संक्रमितको पछिल्लो विवरण स्वास्थ्य मन्त्रालयको आधिकारिक फेसबुक पेजबाट सार्वजनिक गरिएको हो । 
मन्त्रालयका स्रोत अनुसार कैलाली र कञ्चनपुरका थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको हो । संक्रमितमध्ये एक जना स्थानीय र दुई जना बाहिरबाट आएका ब्यक्ती भएको बताईएको छ । तीमध्ये २१ वर्षीय युवक भारतको मुम्बईबाट र ४१ वर्षीय व्यक्ति भारतको  उत्तराखण्डबाट नेपाल आएका थिए भने अर्का व्यक्ति आफन्तका कारण कोरोना संक्रमित बनेका हुन् । नेपालमा एक ब्यक्ती बाट अर्को ब्यक्तिमा कोरोना सरेको पहिलो घटना हो । संक्रमित तीनै जनालाई अहिले सेती प्रादेशिक अस्पताल धनगढीको आइसोलेसनमा राखिएको जनाइएको छ ।   

स्रोत: मेरो अनलाइन

Comments