Loading...
Logo

अब एक स्थानीय तहबाट अर्कोमा जान नपाइने

काठमाडौँ, चैत २२ गते शनिबार । सरकारले अब लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको छ ।

शनिबार बसेको मन्त्रिपरिषदको बैठकले अब एक स्थानीय तहबाट अर्कोमा जान नदिने निर्णय गरेको हो । त्यसैगरि एक प्रदेशबाट अर्को प्रदेश र  एक जिल्लाबाट अर्को जिल्ला आवतजावत समेत गर्न नपाईने गरी निर्णय भएको सरकारका प्रवक्ता अर्थमन्त्री युवराज खतिवडाले जानकारी गराउनु भयो  । थप तीन जनामा कोरोना भाईरसको संक्रमण देखिएसंगै सरकारले लकडाउनमा थप कडाइ गरेको हो ।  

नयाँ कोरोना संक्रमण देखिएका कैलाली कञ्चनपुर र बागलुङमा र्यापिड टेस्ट मार्फत संक्रमण पत्तालगाउने र त्यसलाई पुनः परीक्षण गर्ने साथै स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति गराउने तथा त्यसमा बाध पुर्याउने जो कोहिलाईलाई कारवाही गर्ने निर्णय भएको समेत डा. खतिवडाले बताउनुभयो । लकडाउनको समय थप्ने बिषयमा अर्को मन्त्रिपरिषद् बैठकमा निर्णय हुने जानकारी उहाँले गराउनुभयो । 

 

स्रोत: Mero Online

Comments