Loading...
Logo

अस्ट्रेलियाले भन्यो घर फर्क, विद्यार्थीको वास्तविकता बुझ्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौँ, चैत २३ गते आईतवार । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण आर्थिक मन्दी र बेरोजगारी बढेको भन्दै अस्ट्रेलियन सरकारले विदेशबाट आएका विद्यार्थीलाई घर फर्कन आग्रह गरेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीको वास्तविक अवस्था बुझ्न शिक्षा सचिव महेशप्रसाद दाहाललाई निर्देशन दिनुभएको छ ।

उहाँले अस्ट्रेलियामा रहेका विद्यार्थीका बारेमा परराष्ट्र मन्त्रालय र अस्ट्रेलियामा रहेको नेपाली दूतावाससँग समन्वय गरी विद्यार्थीको यथार्थ जानकारी लिन शिक्षासचिव दाहाललाई निर्देशन दिनुभएको हो ।

अष्ट्रेलिया सरकारले शनिबार गरेको घोषणामा पीआर पाउने मानिसहरु बाहेक अस्थायी भिसा भएका मानिसहरुलाई आफ्नो मुलुक फर्किन प्रेरित गरिने बताएको थियो । छ महिनासम्म आफूले खर्च धान्न सक्छु भन्ने विश्वास छैन भने आफ्नो मुलुक फर्किनुपर्छ भनेपछी यसबारे सर्बत्र चासो बढेको हो ।   

स्रोत: Mero Online

Comments