Loading...
Logo

कुमारी बैंकका ग्राहकलाई बिगमार्टमा खाद्यसामग्री खरिद गर्दा १० प्रतिशतसम्म छुट

काठमाडौँ, चैत २३ गते आईतवार । कुमारी बैंकका ग्राहकहरूले दराजको बिगमार्टमा सामान खरिद गर्दा १० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

कोरोना महामारीले निम्त्याएको देशव्यापी लकडाउनमा सामान किन्न भएको कठीनाइ लाई मध्यनजर गर्दै  बैंकले आफ्ना ग्राहकहरूको सुबिधालाई ध्यानमा राखी  दराजसँग उक्त सम्झौता गरेको हो ।

सो सम्झौताअनुसार कुमारी बैंकका डेबिट/क्रेडिट कार्डवाहक ग्राहकहरूले दराजमार्फत बिगमार्टमा खाद्यान्न लगायत अत्यावश्यक दैनिक उपभोग्य सामग्रीको खरिद गर्दा १० प्रतिशतसम्मको आकर्षक छुट पाउने बैंकले जनाएको छ ।

स्रोत: Mero Online

Comments