- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
मुकुन्द गैरे
काठमाडौँ, चैत २४ गते सोमबार । साउदीमा ४ जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । कोरोना भएको पुष्टी साउदी स्वास्थ्य मन्त्रालले जानकारी दिएको साउदी स्थित नेपाली राजदूतावासले बताएको छ ।
दूतावासले साउदीमा रहेका नेपालीहरुलाई संक्रमण सम्बन्धी सुरक्षाका सबै उपायलाई अनिवार्य रुपमा उपयोग गर्न र हेलचक्र्याई नगर्न अनुरोध गरेको छ ।
अप्रिल ५ हिजो आइतवार सम्म साउदी अधिकारीहरुले जारी गरेको तथ्यांक अनुसार साउदी अधिराज्यमा कोरोना भाइरसबाट संक्रमितको संख्या दुईहजार ३८५ पुगेको छ । गएको करीब ४८ घण्टाको अवधिमा ३४६ जना भन्दा बढीमा संक्रमण भएको छ ।
राजधानी रियादमा मात्र हिजो ६६ जनामा संक्रमण भएको उल्लेख छ । कूल संक्रमित मध्ये हालसम्म ४८८ जना निको भएका छन् । हिजो पाँच जना संक्रमितहरुको मृत्यु भए सँगै मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।
साउदी अरबमा कोरोना भाइरसको संक्रमण हरेक दिन बढ्दो क्रममा रहेको एवं नेपाली नागरिकहरुमा पनि संक्रमण भएकोले यो महामारीबाट बच्न सावधानी अपनाउन नेपाली राजदूतावासले अनुरोध गरेको छ ।
कतिपय नेपालीले कोरोना भाइरसको संक्रमण भइरहेको अवस्थामा पनि काम गरिरहनु परेको गुनासो गरी टेलिफोन एवं पोष्टहरु दूतावासमा जानकारीमा आएको बताइएको छ । ्
धेरै कम्पनीहरुले आफ्ना कम्पनीमा अत्यन्त न्यून जनशक्तिमा काम गराइहेका पाइएको छ भने कतिपय पूर्णरुपमा बन्द भएका छन् । अधिकांश कम्पनीहरुले सुरक्षाका अधिकतम उपायहरु अपनाएका जानकारीहरु पनि प्राप्त भएको दूतावासले जनाएको छ ।
-
-
7 months agoइजरायली आक्रमणमा आईआरजीसी प्रमुख सलामीको मृत्यु
-

Comments