Loading...
Logo

जापानमा आपतकाल घोषणा गर्ने तयारी

काठमाडौँ, चैत २४ गते सोमबार । जापानमा आगामी छ महिनाको लागि आपतकालिन अवस्थाको घोषणा गर्ने तयारी भैरहेको छ । 
कोरोना भाईरसको संक्रमण बढेसंगै प्रधानमन्त्री शिन्जो आबेले टोकियो र ओसाका सहित कोरोना संक्रमण बढेका प्रान्तहरुमा आपतकालिन अवस्थाको घोषणा गर्ने तयारी गरेको जापानी संचारमध्यमहरुले बताएका छन । टोकियो गभर्नर युरिको कोइकेले शिन्जो आबे सरकारले आपतकालिन अवस्थाको घोषणा गर्ने तयारी गरिरहेको पत्रकारहरुसँग बताउनुभएको हो ।    
जापानमा कोरोना संक्रमितको संख्या ३ हजार र मृत्‍यु हुनेको संख्या ८५ पुगिसकेको छ बताइएको छ ।  
 

स्रोत: Mero Online

Comments