लकडाउन बैशाख ३ गतेसम्म थप्ने सरकारको निर्णय
मेरो अनलाइन
काठमाडौँ, चैत २४ गते सोमबार । मन्त्रिपरिषद्को बैठकले अहिले जारी रहेको लकडाउनको अवधी बैशाख ३ सम्म थप गर्ने निर्णय गरेको छ ।
केही समय अघी सम्पन्न मन्त्रिपरिषद्को बैठकले लकडाउन ८ दिन थप गर्ने निर्णय गरेको हो । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिले कम्तिमा एक साता लकडाउन लम्ब्याउन सरकारलाई सुझाव दिएको थियो । सोही बमोजिम सरकारले बैशाख ३ सम्मलाई कडाउन थप गर्ने निर्णय गरेको हो ।
महामारीका रूपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई न्यूनीकरण गर्नका लागि सरकारले चैत ११ देखि एक साता देशलाई लकडाउन गर्ने घोषणा गरेको थियो । दोश्रो चरणको लकडाउन चैत्र २५ गते सम्मको लागि लम्ब्याइएको थियो ।

Comments