- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौँ, चैत २४ गते सोमबार । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को त्रास बढेसँगै सरकारले लागू गरेको लकडाउनका कारण बैंकिङ कारोबार ह्वात्तै घटेको छ । सरकारले कोभिड-१९ को जोखिम न्यूनीकरणका लागि लकडाउन लागू गरेसँगै सर्वसाधारण बैंकसम्म पुग्न नसक्दा कारोबार घटेको हो ।
समान्य दिनको तुलनामा लकडाउन लागू भएपछि ९७ प्रतिशतले कारोबार घटेको छ । अन्य दिनको तुलनामा अहिले ३.३८ प्रतिशतले मात्र कारोबार हुँदै आएको छ । नेपाल क्लियरिङ हाउसका अनुसार अहिले मुलुकभरका बैंकहरूबाट दिनहुँ ७ अर्बको कारोबार हुँदै आएको छ । यो लकडाउनभन्दा अगाडिको तुलनामा ४१ अर्बले कम हो ।
चेकबाट कारोबार गर्ने ग्राहकको संख्यामा पनि कमी आएको छ । अहिले प्रत्येक दिन १३ प्रतिशतको हाराहारीमा मात्रै कारोबार हुँदै आएको छ ।
त्यसो त बैंकमा नआउन आग्रह गरेसँगै एटिएम र अनलाईन बैंकिडबाट हुने कारोबार भने बढेको छ । अहिले लकडाउनलाई लक्षित गर्दै इसेवा, आइपिएस कनेक्ट र विभिन्न बैंकका मोबाइल बैंकिड सेवा प्रयोग गरेबापत कुनै शुल्क नलाग्ने व्यवस्था लागू भएको छ ।
त्यस्तै, केही बैंकहरु"ले अनलाईनबाटै नि:शुल्क इन्टरनेट बैंकिड खाता खोल्दा उल्टै क्यास ब्याकका अफर दिने घोषणा समेत गरेका छन् । जसले गर्दा इन्टरनेट बैंकिड प्रयोग बढिरहेको छ भने चेकबाट हुने कारोबार घट्दै गएको हो ।

Comments