Loading...
Logo

कोरोना संक्रमितको संख्या १३ लाख ४६ हजार नाघ्यो, ७४ हजार बढीको मृत्‍यु

काठमाडौँ, चैत २५ गते मंगलबार । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट मंगलबार बिहानसम्म विश्वभर १३ लाख ४६ हजार भन्दा बढी संक्रमित भएका छन भने मृत्‍यु हुनेको संख्या ७४ हजार छ सय नाघेको छ ।   
गत डिसेम्बर अन्तिम साता चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको कारण इटालीमा मात्रै १६ हजार ५ सय २३ जनाको मृत्‍यु भैसकेको छ । त्यसैगरि स्पेनमा १३ हजार ३ सय ४१ र अमेरिकामा १० हजार ८ सय ७१ को मृत्‍यु भएको छ । पछिल्लो केही दिनयता अमेरिकामा नयाँ संक्रमित र मृत्‍यु हुनेको संख्या पनि तीव्र गतिमा बढेको छ । 
फ्रान्समा संक्रमितको संख्या ९८ हजार नाघेको छ भने ८ हजार ९ सय ११ को मृत्‍यु भैसकेको छ। 
चीनमा संक्रमितको संख्या ८१ हजार ७ सय ८ पुगेको छ । त्यहाँ ७७ हजार बिरामी उपचारपछि घर फर्किँदा ३ हजार ३ सय ३१ व्यक्तिले ज्यान गुमाएका छन् । त्यस्तै बेलायतमा संक्रमितको संख्या ५१ हजार नाघेको छ भने मृतकको संख्या ५ हजार नाघिसकेको छ । इरानमा संक्रमितको संख्या  ६० हजार ५०० पुग्दा ३ हजार ७ सय ३९ जनाले ज्यान गुमाएका छन् ।
अहिलेसम्म विश्वभर संक्रमित भएकाहरु मध्ये २ लाख ७८ हजार निको भएका छन ।

स्रोत: Mero Online

Comments