Loading...
Logo

कालोबजारीको आरोपमा शंकर ग्रुपका मालिक सुलभ अग्रवाल पक्राउ

मेरो अनलाइन

काठमाडौँ, चैत २५ गते मंगलबार । शंकर ग्रुपका मालिक सुलभ अग्रवाललाई कालोबजारीको आरोपमा प्रहरिले पक्राउ गरेको छ । महानरीय प्रहरी अपराध महाशाखाको टोलीले अग्रवाललाई मंगलबार दिउँसो नक्सालबाट पक्राउ गरेको हो ।
ज्वरो नाप्ने थर्मल गन महँगो मूल्यमा बेच्न खोजेकोले पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयका प्रबक्ता एस एस पि श्याम लाल ज्ञवालीले बताउनुभयो । 
पाँच हजार रुपैयाँ पर्ने थर्मल गन १५ हजार रुपैयाँमा बिक्री गर्न खोजेको आरोप उनी माथि लागेको छ । उनको साथबाट ६७ थान थर्मल गन बरामद गरिएको प्रहरिले जनाएको छ । 
शंकर ग्रुपले हालै मात्र चीनको ग्वान्झाओबाट सात टन मेडिकल सामग्री ल्याएको थियो। 

स्रोत: मेरो अनलाइन

Comments