- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौँ, चैत २५ गते मंगलबार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा सुरू भएको छ । भौतिक उपस्थितिसहितको सामाजिक दूरीका साथ मंगलबार बेलुका बैठक सुरु भएको हो ।
बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारका तर्फबाट अथवा कोरोना भाइरसको विश्वव्यापी संक्रमण, रोकथाम र उपचारको क्रममा चालिएका कदम र उपलब्धिहरूका बारेमा बैठकलाई जानकारी गराएको प्रधानमन्त्रीका प्रेस सल्लाकार सूर्य थापाले जानकारी दिए ।
स्वास्थ्य सामग्री खरिद र सरकारका पछिल्ला निर्णयबारे पार्टीभित्र निकै असन्तुष्टि बढेपछि तत्काल डाकिनुपर्ने माग रहेको थियो । लकडाउनका बीच सरकारले गरेका पछिल्ला निर्णयका विषयमा पार्टी नेताहरूले सचिवालय बैठक बसाएर स्पष्ट बनाउन ओलीलाई आग्रह गरेका थिए ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल स्वास्थ्य सामग्री खरिद प्रकरणमा मुछिएपछि नेताहरूले पार्टीमा स्पष्ट पार्नुपर्ने माग राखेका छन् ।
मंगलबार बस्ने बैठकमा कोरोना रोकथाम र नियन्त्रणका लागि भइरहेका काम, औषधी उपकरण खरिद प्रक्रियामा विवाद र कोरोना भाइरसको बारेमा चाल्नुपर्ने कदमको बारेमा पनि छलफल हुने बताइएको छ ।

Comments