Loading...
Logo
Image

अर्बौ रकम विदेश लैजादै चौधरी ग्रुप, कानुनी दायरामा ल्याउन पूर्व मन्त्री बास्कोटाकाे सुझाव

काठमाडौं, चैत्र २६ गते बुधबार । पुर्व संचार मन्त्री गोकुल बास्कोटाले चौधरी ग्रुपले गैरकानुनी बाटोबाट बर्षेनी अर्बौ रकम विदेश लगेको दाबी गर्दै त्यसलाई रोक्न सुझाव दिनुभएको छ। नेपाल राष्ट्र बैंकका नव नियुक्त गभर्नर महाप्रसाद अधिकारीलाई बधाई तथा शुभकामना दिदै बास्कोटाले त्यस्तो गैरकानुनी काम रोक्न सुझाव दिनुभएको हो ।

बास्कोटाले ट्विट गर्दे शुभकामना दिने क्रममा भन्नुभएको छ,'एन बि ईन्टरनेशनल जस्ता कम्पनीले पश्चदर्शि कानुन बनाउन लगाउने सफलता मार्फत गैर कानुनि बाटाेबाट लाभांशका नाममा विदेश पठाउंदै गरेकाे अर्बाै रकम राेक्न सक्नुहाेस्' ।

एनबि इन्टरनेशनल आयरल्याण्डमा रहेको कम्पनी हो । यो कम्पनीमा चौधरी ग्रुपको लगानी छ । चौधरी ग्रुपले एनबि इन्टरनेशनल मार्फत नबिल बैंकमा लगानी गरेको छ । बैंकमा एनबि समुहको ५० प्रतिशत लगानी छ । बैंकले दिने लाभांशको ५० प्रतिशत रकम एनबि समुह मार्फत विदेश जान्छ । पुर्व मन्त्री बास्कोटाले यसरी रकम विदेश जानु गैर कानुनी रहेको दाबी गर्दै त्यसलाई रोक्न नव नियुक्त गभर्नरलाई सुझाव दिनुभएको हो।

मन्त्री रहदै बास्कोटा चौधरी समुहको यस्ता गैरकानुनी काम बिरुद्द खरो रुपमा उत्रिने गर्नुभएको थियो। बास्कोटाले नै चौधरी समुहको सिजी टेलिकमको लाईसेन्स खारेज समेत गरिदिनुभएको थियो। अहिले फेरी बास्कोटाले चौधरी ग्रुपको एनबि समुहमाथि कानुनी कारवाही गर्ने आशयको सुझाव दिनुभएको हो ।

बास्कोटाले ट्विट गर्दे भन्नुभएको छ,'नवनियुक्त गभर्नरज्युलाई हार्दिक बधाई।साथै कार्यकालकाे शुभकामना । एन बि ईन्टरनेश्नल जस्ता कम्पनिले पश्चदर्शि कानुन बनाउन लगाउने सफलता मार्फत गैर कानुनि बाटाेबाट लाभांसका नाममा विदेश पठाउंदै गरेकाे अर्बाै रकम राेक्न सक्नुहाेस।सानाे सुझाब दिन चाहन्छु।'

स्रोत: Mero Online

Comments