- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं, चैत्र २६ गते बुधबार । कोरोना भाइरस (कोभिड–१९) बाट बुधबार बिहानसम्म विश्वभर १४ लाख ३१ हजार ७ सय ६ संक्रमित भएका छन भने मृत्यु हुनेको संख्या ८२ हजार ८० पुगेको छ ।
गत डिसेम्बर अन्तिम साता चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको कारण इटालीमा मात्रै १७ हजार एक सय २७ जनाको मृत्यु भैसकेको छ । त्यसैगरि स्पेनमा १४ हजार ४५ र अमेरिकामा १२ हजार ८ सय ५४ को मृत्यु भएको छ । पछिल्लो केही दिनयता इटलीमा मृत्यु हुनेको संख्या तीव्र गतिमा बढेको छ ।
फ्रान्समा संक्रमितको संख्या १ लाख ९ हजार नाघेको छ भने १० हजार ३ सय २८ को मृत्यु भैसकेको छ।
चीनमा संक्रमितको संख्या ८१ हजार ८ सय २ पुगेको छ । त्यहाँ ७७ हजार भन्दा बढी बिरामी उपचारपछि घर फर्किँदा ३ हजार ३ सय ३३ व्यक्तिले ज्यान गुमाएका छन् । त्यस्तै बेलायतमा संक्रमितको संख्या ५५ हजार नाघेको छ भने मृतकको संख्या ६ हजार नाघिसकेको छ । इरानमा ६२ हजार बढी संक्रमित भएका छन भने मृत्यु हुनेको संख्या 3 हजार ८ सय ७२ पुगेको छ ।
अहिलेसम्म विश्वभर संक्रमित भएकाहरु मध्ये ३ लाख २ हजार १ सय ५० निको भएका छन ।

Comments