Loading...
Logo

कोरोना संक्रमितको संख्या १४ लाख ३१ हजार नाघ्यो, ८२ हजार बढीको मृत्‍यु

काठमाडौं, चैत्र २६ गते बुधबार । कोरोना भाइरस (कोभिड–१९) बाट बुधबार बिहानसम्म विश्वभर १४ लाख ३१ हजार ७ सय ६ संक्रमित भएका छन भने मृत्‍यु हुनेको संख्या ८२ हजार ८० पुगेको छ । 
गत डिसेम्बर अन्तिम साता चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको कारण इटालीमा मात्रै १७ हजार एक सय २७ जनाको मृत्‍यु भैसकेको छ । त्यसैगरि स्पेनमा १४ हजार ४५ र अमेरिकामा १२ हजार ८ सय ५४ को मृत्‍यु भएको छ । पछिल्लो केही दिनयता इटलीमा मृत्‍यु हुनेको संख्या तीव्र गतिमा बढेको छ । 
फ्रान्समा संक्रमितको संख्या १ लाख ९ हजार नाघेको छ भने १०  हजार ३  सय २८ को मृत्‍यु भैसकेको छ। 
चीनमा संक्रमितको संख्या ८१ हजार ८  सय २ पुगेको छ । त्यहाँ ७७ हजार भन्दा बढी बिरामी उपचारपछि घर फर्किँदा ३ हजार ३ सय ३३ व्यक्तिले ज्यान गुमाएका छन् । त्यस्तै बेलायतमा संक्रमितको संख्या ५५ हजार नाघेको छ भने मृतकको संख्या ६ हजार नाघिसकेको छ । इरानमा  ६२ हजार बढी संक्रमित भएका छन भने मृत्‍यु हुनेको संख्या 3 हजार ८ सय ७२ पुगेको छ ।

अहिलेसम्म विश्वभर संक्रमित भएकाहरु मध्ये ३ लाख २ हजार १ सय ५० निको भएका छन ।

स्रोत: Mero Online

Comments