संकटमा पनि कालोबजारी गर्ने सुलभ अग्रवाललाई थप सात दिन हिरासतमा राख्न अनुमति
मेरो अनलाइन
काठमाडौं, चैत्र २६ गते बुधबार । थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका शंकर ग्रुपका मालिक सुलभ अग्रवाललाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ ।
महानगरीय अपराध महाशाखाले अग्रवाललाई अनुसन्धान गर्नुपर्ने भन्दै म्याद थपका लागि जिल्ला प्रशासनमा पेश गरेको थियो ।
अनुसन्धानका लागि १ हप्ताको म्याद थप गरेर महानगरीय प्रहरी परिसर काठमाडौंमा ल्याइएको परिसरका डीएसपी होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।
कीर्गिस्तानका अवैतनिक महावाणिज्यदूतसमेत रहेका अग्रवालले लकडाउनको समयमा पाँच हजार रुपैयाँ पर्ने ज्वरो नाप्ने थर्मल गन १५ हजार रुपैयाँमा बिक्री गर्न खोजेको आरोपमा महानरीय प्रहरी अपराध महाशाखाको टोलीले अग्रवाललाई मंगलबार दिउँसो नक्सालबाट पक्राउ गरेको थियो ।

Comments