# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं, चैत्र २६ गते बुधबार । राष्ट्रपति विद्यादेवी भण्डारी बेलायतकी महारानी एलिजाबेथ द्वितीयालाई एक सन्देश पठाउनु हुँदै त्यहाँका प्रधानमन्त्री बोरिस जोन्सनको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।
कोराना भाइरस (कोभिड—१९) को सङ्क्रमण भएपछि ५५ वर्षीय जोन्सन अस्पतालको सघन उपचार कक्षमा भर्ना हुनुभएको छ । राष्ट्रपति भण्डारीले पठाउनुभएको सन्देशमा कोरोना भाइरसको महामारीविरुद्ध लड्न विश्व एक हुनुपर्छ भन्ने विचार पनि व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले नेपाल र बेलायतबीच युगौं पुरानो सम्बन्ध रहेको र हरेक अफ्ठ्यारा परिस्थितिमा समेत बेलायत सरकारबाट नेपाललाई सहयोग प्राप्त हुँदै आएको स्मरण गर्नुभएको जानकारी उहाँका मुख्य निजी सचिव डा. भेषराज अधिकारीले दिनुभयो ।
Featured News

Comments