कोरोना संक्रमणका कारण अमेरिकामा थप एक नेपालीको मृत्यु
अमेरिकामा मृत्यु हुने नेपालीको संख्या दुई पुग्यो
अमेरिका, चैत्र २७ गते बिहिबार । कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण अमेरिकामा थप एक प्रवासी नेपालीको मृत्यु भएको छ । सोलुखुम्बुको सोताङ गाउँपालिका-४ दिम्बल घर भइ अमेरिका बस्दै आउनुभएका ङिमा तेम्बा शेर्पाको मृत्यु भएको हो ।
ङिमाको बुधबार विहान उपचारका क्रममा क्विन्सको एल्मर्स्ट अस्पतालमा मृत्यु भएको उहाँको दाजु ल्हाक्पा युला शेर्पाले पुष्टि गरेको संयुक्त शेर्पा संघ अमेरिकाले बताएको छ ।
शेर्पाका एक छोरा र एक छोरी छन् ।
शेर्पाको मृत्युसँगै अमेरिकामा कोरोनाका कारण अमेरिकामा मृत्यु हुने नेपालीको संख्या दुई पुगेको छ । यसअघि पनि एक नेपालीको कोरोना संक्रमणले मृत्यु भएको थियो ।

Comments