- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
मेरो अनलाइन
काठमाडौं, चैत्र २७ गते बिहिबार । कोरोना भाइरस (कोभिड–१९) बाट बिहिबार बिहान यो समाचार तयार पार्दासम्म विश्वभर १५ लाख १८ हजार ७ सय १९ संक्रमित भएका छन भने मृत्यु हुनेको संख्या ८८ हजार ५ सय २ पुगेको छ ।
गत डिसेम्बर अन्तिम साता चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको कारण इटालीमा मात्रै १७ हजार ६ सय ६९ जनाको मृत्यु भैसकेको छ । त्यसैगरि अमेरिकामा १४ हजार ७ सय ९५ र स्पेनमा १४ हजार ७ सय ९२ को मृत्यु भएको छ । पछिल्लो केही दिनयता अमेरिका,स्पेन र इटलीमा मृत्यु हुनेको संख्या तीव्र गतिमा बढेको छ ।
फ्रान्समा संक्रमितको संख्या १ लाख १२ हजार नाघेको छ भने १० हजार ८ सय ६९ को मृत्यु भैसकेको छ।
बेलायतमा संक्रमितको संख्या ६० हजार नाघेको छ भने मृतकको संख्या ७ हजार नाघिसकेको छ । चीनमा संक्रमितको संख्या ८१ हजार ८ सय ६५ पुगेको छ । त्यहाँ ७७ हजार भन्दा बढी बिरामी उपचारपछि घर फर्किँदा ३ हजार ३ सय ३५ व्यक्तिले ज्यान गुमाएका छन् । त्यस्तै इरानमा ६४ हजार बढी संक्रमित भएका छन भने मृत्यु हुनेको संख्या ३ हजार ९ सय ९३ पुगेको छ । जर्मनिमा २ हजार ३ सय ४९ को मृत्यु भएको छ भने नेदरल्याण्डमा २ हजार २ सय ४८ को मृत्यु भएको छ । बेल्जियममा हालसम्म २ हजार २ सय ४० ले ज्यान गुमाउंदा स्विजर्ल्यान्डमा पनि मृत्यु हुनेको संख्या ८ सय ९५ पुगेको छ ।
अहिलेसम्म विश्वभर संक्रमित भएकाहरु मध्ये ३ लाख ३० हजार ५ सय ८९ निको भएका छन ।

Comments