- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं, चैत्र २७ गते बिहिबार । कालीमाटी र बल्खुस्थित तरकारीबजारमा भिड बढेको भन्दै भीड व्यवस्थापन गर्ने नीतिअन्तर्गत काठमाडौं उपत्यकाका ११ मुख्य चोकबाट तरकारी बिक्री गर्ने गरी कालिमाटीबाट फलफुल तथा तरकारीको खुद्रा बिक्री रोकिएको छ ।
महानगरको व्यवस्थापनमा मुख्य चोकहरू कलंकी, बाफल, स्वयम्भू, वनस्थली, गोंगबु, वसुन्धारा, गोपीकृष्ण चोक, लैनचौर, रत्नपार्क/बसपार्क, कोटेश्वर चोक सहित ११ मुख्य चोकहरूबाट तरकारी बिक्री थालेसँगै कालीमाटीमा थोक र खुद्रा बिक्री बन्द भएको हो ।
अब कालिमाटीको सट्टा ति ठाउँ बाट मात्र तरकारी तथा फलफुल किन्न सकिने भएको छ । भीड व्यवस्थापन गर्ने नीतिअन्तर्गत यो निर्णय गरिएको र यसले भिड नियन्त्रण हुनुका साथै सर्वसाधारणलाई पनि सजिलो हुने कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका उप निर्देशक बिनय श्रेष्ठले बताउनुभयो ।
'सर्वसाधारणमा कालीमाटी बजार बन्द नै भयो भन्ने भ्रम उत्पन्न भएको बुझियो, उप निर्देशक श्रेष्ठले भन्नुभयो,अहिलेको असजिलो परिस्थितीको लागि भिड नहोस् भनेर मात्र यो निर्णय गरिएको हो तर ब्यबसायीले ल्याउने र राख्ने कालीमाटी बजारमै हो ।'
ब्यबसायीले कालिमाटी मै ल्याएर राख्ने र बिक्रिको लागि लैजाने ठाउँको रुपमा कालीमाटी बजारलाई प्रयोग गरिने श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार कालीमाटी बजारबाट फलफूल तथा तरकारी खोलेर बेच्न भने पाइने छैन ।

Comments