Loading...
Logo
Image

व्यवस्थापन चुनौतीपछि काठमाडौंबाहिर पठाउने निर्णयबाट ३ घण्टामै पछि हट्यो सरकार

काठमाडौं, २७ चैत्र बिहीबार । बिहीबार नै सरोकारवालाहरूसँगको छलफलपछि काठमाडौंबाहिर जाने सर्वसाधारणलाई २ दिनका लागि दिने निर्णयबाट व्यवस्थापनमा समस्या देखिएपछि सरकार पछि हटेको छ । 

रक्षा मन्त्रालयमा गरिएको पहिलो चरणको बैठकबाट २ दिनलाई बाहिर जान दिने निर्णय लिइएको थियो । तर, दोस्रो चरणमा गृह मन्त्रालयमा चलेको बैठकले व्यवस्थापनमा समस्या परेपछि निर्णय उल्ट्याइएको हो ।

यसअघि रक्षा मन्त्रालयकै अधिकारीले २ दिनका लागि बाहिर जान दिने निर्णय भएको बताएका थिए । 'सरोकारवालाले मन्त्रीज्यूहरूलाई बोलाएर २ दिन बाहिर जान दिने निर्णय भएको हो,' रक्षा मन्त्रालयका ती अधिकारीले बताएका थिए ।

त्यसपछि यातायात व्यवसायीसहितको टिम गृह मन्त्रालयमा छलफल गरे पनि व्यवस्थापनमा समस्या देखिएपछि निर्णय उल्टाइएको हो ।

नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघ अध्यक्ष योगेन्द्र कर्मचार्यले भोलि र पर्सि उपत्यकाबाट यात्रुहरू लैजाने बारेमा आफूहरूसँग छलफल भएको बताए । 'भोलि र पर्सि लैजाने भन्ने विषयमा छलफल भएको हो । हामीले काठमाडौंभित्र भएका केही गाडी उपलब्ध गराउने भने भनेका छौँ,' उनले भने । 

तर, राजमार्गमा कसरी व्यवस्थापन गर्ने र जिल्लासम्म कसरी पुर्‍याउने भन्ने चुनाैती देखिएपछि उपत्यकाबाट बाहिर पठाउने निर्णयबाट सरकार पछि हटेकाे हाे । 

स्रोत: Shilapatra.com

Comments