- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं, चैत्र २८ गते शुक्रबार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको उपचारमा प्रभावकारी हुने औषधि पत्ता लागेको बताउनुभएको छ ।
ह्वाइट हाउसले बनाएको कोरोना टास्क फोर्सको नियमित प्रेस ब्रिफिङका क्रममा राष्ट्रपति ट्रम्पले औषधि उत्पादक कम्पनी फाइजरले कोरोना भाइरसको उपचारका लागि प्रभावकारी औषधि उत्पादन गरेको बताउनुभयो । उहाँले सो औषधिको मानवीय परीक्षण चाँडै सुरु हुने पनि बताउनुभयो ।
ट्रम्पले ब्रिफिङका क्रममा औषधि उत्पादक सो औषधि या उपचार पद्धतिप्रति अति नै आशावादी र उत्साही रहेको बताउनुभयो । अहिले त्यसको फुड एण्ड डर्ग एड्मिनिस्ट्रेसन (एफडीए) ले परीक्षण गरिरहेको उहाँले जानकारी दिनुभयो ।
उपराष्ट्रपति माइक पोम्पेओले अहिले दैनिक १ लाखको कोरोना परीक्षण भइरहेको जानकारी दिनुभयो । उहाँले यो परीक्षणलाई अझै बृहत रुपमा अघि बढाउन कोशिस भइरहेको जानकारी पनि सो क्रममा दिनुभयो ।

Comments