Loading...
Logo
Image

जापानमा कोरोना संत्रास बढ्दो, टोकियोमा मात्र शुक्रवार १८९ जनामा कोरोना संक्रमण

टोकियो, चैत्र २८ गते शुक्रबार । जापानमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ५ हजार ५ सय ३० पुग्दा टोकियोमा शुक्रवार पनि कोरोना संक्रमितहरुको संख्या नयाँ उचाईमा पुगेको छ । 
शुक्रवार हालसम्मकै अधिक १८९ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको टोकियोबाट संचारकर्मी राजन गौतमले बताउनुभएको छ । यो सँगै टोकियोमा मात्र संक्रमितको संख्या १ हजार ७ सय ८ पुगेको छ । 
एकैदिन पुष्टि भएको यो हालसम्मकै उच्च संख्या हो । बिहिबार पनि १८१ जनामा संक्रमण पुष्टि भएको थियो । 

Comments