Loading...
Logo
Image

जापानमा कोरोना संक्रमितको संख्या ६ हजार ७ सय नाघ्यो, शुक्रबार मात्रै ४ सय ५५ जनामा संक्रमण

मेरो अनलाइन

राजन गौतम

टोकियो, चैत्र २८ गते शुक्रबार । शुक्रवार राती  ८ बजेसम्मको तथ्यांक्क अनुसार जापानभर ४ सय ५५ जनामा कोरोना भाईरसको नयाँ संक्रमण पुष्टि भएको छ । टोकियोमा हालसम्मकै, धेरै एकैदिन १ सय ८९ जनामा संक्रमण पुष्टिभएको छ भने,हिजोसम्म संक्रमण नदेखिएको तोत्तोरी प्रान्तमा पनि पहिलो पटक संक्रमण पुष्टि भएको छ ।

आज प्रमाणित संक्रमितहरुको संख्या सहित जापानमा कोरोना संक्रमितहरुको संख्या ६ हजार ७ सय १५ पुगेको छ । चिबा, कुमामोतो,आईची तथा ईबाराकी प्रान्तहरुमा आज १/१ जना मानिसहरुको कोरोनाका कारण मृत्यू भएको छ ।आज प्रमाणित यो संख्या सहित, हालसम्म जापानमा कोरोनाका कारण मृत्यू हुनेहरुको संख्या १ सय २३ पुगेको छ ।

पछिल्ला केहि सातादेखि निरन्तर संक्रमण दोहोरो अंकले बढ्न थालेपछि, जापानको केन्द्रिय सरकारले टोकियो लगायतका विभिन्न ७ प्रान्तमा आपतकालिन् अवस्थाको घोषणा गरेको छ । यसका अलवा आजबाटै कार्यन्वयन हुनेगरि, आईची प्रान्त सरकारले, आईची प्रान्तमा पनि आपतकाल घोषणा गरेको छ ।

आपत घोषणा गरि मानिसहरुको सामाजिक दुरी घटाउने प्रयास गरिएता पनि यसको प्रभाव देखिन केहि साता लाग्ने विज्ञहरुको भनाई छ ।

Comments