खसीको मासु १८ सय रुपैयाँ, जरिवाना दुई लाख !
मेरो अनलाइन
काठमाडौं, चैत्र २८ गते शुक्रबार । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नागरिकलाई जोगाउन सरकारले गरेको लकडाउन बढेसंगै बजारमा मौका छोपेर कालो बजारी गर्नेको संख्या पनि बढीरहेको छ । यस बिचमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनलाई तिब्र बनाएको छ ।
शुक्रबार नयाँ बानेश्वरको आइकालु मिट सेन्टरलाई खसीको मासुमा कालोबजारी गरेको भेटिएपछी दुई लाख रुपैयाँ जरिवाना गराएको छ । विभागले बजार अनुगमन गर्दा आईकालुले खसीको मासु १८ सय रुपैयाँ प्रतिकिलोमा बिक्री गरिरहेको भेटाएको थियो । बुधबार विभागले बत्तीसपुतलीको मुस्कान मिट सपलाई पनि दुई लाख रूपैयाँ नै जरिवाना तिराइएको थियो । अहिले बजारमा खसीको मासुमा चर्को कालोबजारी भइरहेको छ ।
यसैगरी आज बिभागले कलंकीमा रहेको चितवन खाद्य स्टोर्सले बढी मूल्यमा खाद्यान्न बचेको भेटेपछि दुई लाख जरिवाना तिराएको छ भने बाफलस्थित न्यू बीके स्टोरले राहत सामग्रीमा म्याद नाघेको सामान प्याक गरेर बेचेको पाइएपछि तीन लाख जरिवाना गराइएको छ ।

Comments