Loading...
Logo
Image

कोरोनाबाट मृत्‍यु हुनेको संख्या एक लाख नाघ्यो, अमेरिकामा मात्रै एकैदिन २ हजार बढिको मृत्यु

मेरो अनलाइन

काठमाडौं, चैत्र २९ गते शनिबार । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुने मानिसको संख्या एक लाख दुई हजार भन्दा बढि पुगेको छ भने अमेरिकामा मात्रै एकैदिन २ हजार बढिको मृत्यु भएको छ । 
पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा २ हजार भन्दा बढिले ज्यान गुमाएका छन् । यो संख्या अमेरिकामा अहिलेसम्मकै बढी हो ।  कोरोनाबाट अमेरिकाको सबैभन्दा बढी न्यू योर्क राज्य प्रभावित छ । 
कोरोना भाइरस (कोभिड–१९)को कारण इटालीमा सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ । इटालीमा अहिलेसम्म मृत्यु हुने मानिसको संख्या १८ हजार आठ सय ४९ पुगेको छ । त्यस्तै अमेरिकामा पनि अहिलेसम्म १८ हजार ७ सय २५ जनाको कारण मृत्यु भएको छ । स्पेनमा १६ हजार ८१ जना मानिसको मृत्यु भइसकेको छ ।
विश्वभर अहिलेसम्म यो भाइरसको कारण संक्रमित हुने मानिसको संख्या १६ लाख ९८ हजार नाघिसकेको छ भने अमेरिकामा मात्रै संक्रमितको संख्या ५ लाख भन्दा माथि पुगेको छ ।  त्यस्तै स्पेनमा संक्रमितको संख्या एक लाख ५८ हजार नाघेको छ भने इटालीमा संक्रमितको संख्या एक लाख ४७ हजार माथि पुगेको छ ।
अहिलेसम्म विश्वभर संक्रमित भएकाहरु मध्ये तीन लाख ७६ हजार निको भइसकेका छन् । यसमध्ये चीनमा ७७ हजारभन्दा संक्रमित निको भएका छन् । त्यस्तै स्पेनमा ५५ हजार तथा जर्मनीमा ५३ हजारभन्दा धेरै संक्रमित निको भएर घर फर्केका छन् ।

Comments