# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं, चैत्र २९ गते शनिबार । कर्मचारी सञ्चयकोषले सञ्चयकर्तालाई प्रदान गरिएको घर सापटी, घर मर्मत, शैक्षिक र सरल कर्जाको ब्याज तिर्ने समय बढाउनुका साथै ब्याजमा तोकिएको छुट दिने घोषणा गरेको छ ।
कोभिड–१९ को सङ्क्रमणको कारण परेको प्रभावलाई सम्बोधन गर्ने सम्बन्धमा कोषले सञ्चयकर्तालाई चैतदेखि असार मसान्तसम्मको ब्याजमा १० प्रतिशत छुट दिने निर्णय गरेको जानकारी दिएको छ । त्यस्तो सापटीको असार मसान्तसम्मको ब्याज बुझाउने अवधि साउन मसान्तसम्म कायम गरिएको कोषका सहप्रशासक राजेन्द्र काफ्लेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कोषले नियमित सञ्चयकोष कट्टा गरिरहेका सञ्चयकर्ताको कोभिड–२०१९ को सङ्क्रमणबाट मृत्यु भएमा त्यसलाई दुर्घटना मानी क्षतिपूर्तिबापत रु दुई लाख हकवालालाई प्रदान गर्ने निर्णय पनि गरेको छ ।
स्रोत: रासस

Comments