- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं, चैत्र २९ गते शनिबार । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको संक्रमण रोक्नका लागि संसारभर लागू गरिएको लकडाउन चाँडै हटाउनु झनै खतरनाक हुनसक्ने चेतावनी दिएको छ ।
डब्लुएचओका महानिर्देशक टेड्रोस एडहानम गेहब्रेससले लकडाउन हटाउन हतार गरेमा संक्रमित हुने र मृत्यु हुनेको संख्यामा थप तिव्रता आउनसक्ने चेतावनी दिएका हुन् ।
उनले विश्वका सबै देशलाई लकडाउन हटाउने विषयमा सतर्क हुन समेत आग्रह गरेको छ ।
युरोपमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित बनेका स्पेन र इटली दुवैले लकडाउनको अवधि थप गरेका छन् । विश्वमा कोरोना भाइरसका संक्रमित करिब १७ लाख पुगेका छन् भने १ लाख २ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
जेनेभामा आयोजित पत्रकार सम्मेलनमा डब्लुएचओका महानिर्देशक टेड्रोसले भने, ‘हामी संसारभरका सरकारसँग लकडाउनका समय कम गर्ने रणनीतिमा काम गरिरहेका छौं । तर यसमा हतार गर्नु राम्रो होइन । हतारमा लकडाउन हटाइयो भने संसारमा मृत्यु हुनेको संख्यामा अझै तीव्र रुपमा बढ्न सक्छ ।’
-
-
7 months agoइजरायली आक्रमणमा आईआरजीसी प्रमुख सलामीको मृत्यु
-

Comments