Loading...
Logo
Image

मृतकको संख्या थामिनसक्नु भएपछी अमेरिकाले बनायो सामूहिक चिहान

मेरो अनलाइन

काठमाडौं, चैत्र २९ गते शनिबार । विश्वलाई हल्लाउने अमेरिकालाई कोरोना भाइरसले नराम्रो धक्का दिएको छ । राष्ट्रपती डोनाल्ड ट्रम्पको दम्भका कारण यतिबेला अमेरिकामा कोरोना भाईरस सन्क्रमणको डढेलो सल्किएको छ । जुन थाम्न अमेरिकालाई हम्मे हम्मे परिरहेको छ । 
ढिला गरी कोरोना सुरु भए पनि अमेरिकामा संक्रमितको संख्यामा असोचनीय तरीकाले वृद्धि भएको छ । मृत्यु हुनेको संख्याले अमेरिकालाई नै अत्याएको छ ।
पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा २ हजार भन्दा बढिले ज्यान गुमाएका छन् । यो संख्या अमेरिकामा अहिलेसम्मकै बढी हो । कोरोनाबाट अमेरिकाको सबैभन्दा बढी न्यूयोर्क राज्य प्रभावित छ । 
एकै दिन दुई हजार भन्दा बढीको दरले मृत्यु हुन थालेपछि अमेरिकालाई शव व्यवस्थापनमा समस्या हुन थालेको छ । शव व्यवस्थापनमा समस्या हुन थालेसंगै न्यूयोर्कमा सामूहिक शव गाड्ने काम भइरहेको छ । छुट्टाछुट्टै शव गाड्न समस्या हुने भएपछि संक्रमणबाट मृत्यु भएकाहरुलाई सामूहिक रुपले गाडिएको बताइएको छ ।
अहिले न्यूयोर्क सहरमा बनाइएको सामूहिक चिहानमा शवहरू गाड्ने काम सुरु गरिएका तस्बिरहरू सार्वजनिक भैरहेका छन् । ब्रोङ्कस अस्पतालदेखि पारीपट्टि रहेको हार्ट टापुमा खिचिएको तस्बिरमा सामूहिक चिहान बनाइएको ड्रोन तस्बिर सार्वजनिक भएको छ । 
अधिकारीहरूका अनुसार त्यहाँ शव गाड्ने काम सातामा एक दिन गर्ने गरिएकोमा महामारीका कारण त्यसलाई सातामा पाँच दिनसम्म भइरहेको बताइएको छ । 

Comments