Loading...
Logo
Image

लकडाउन फेरी लम्बिने सम्भाबना बढ्यो !

मेरो अनलाइन

काठमाडौं, चैत्र २९ गते शनिबार । प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फेरेन्समार्फत सातै प्रदेशका मुख्यमन्त्रीसँग कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारको क्रममा गरिएका प्रयासबारे जानकारी लिदै भारतमा कोरोना संक्रमणको ग्राफ बढीरहेकोले यो अवस्थामा लकडाउन तत्काल हटाउन नसकिने बताउनुभएको छ ।
बिहान साढे ११ देखि पौने चार बजेसम्म सिंहदरबारस्थित एक्सन रूमबाट प्रधानमन्त्री ओलीले पालैपालो मुख्यमन्त्रीहरुसँग भिडियो कन्फरेन्स मार्फत छलफल गर्दै प्रदेशमा भइरहेका कार्यहरू सकारात्मक रहेको र यसलाई अझ समन्वयात्मक ढंगले अघि बढ्न जरूरी रहेको बताउनुभएको छ ।  

छलफलका क्रममा प्रधानमन्त्रीले दक्षिणतर्फ खुल्ला सिमा भएकोले त्यसलाई बढी ध्यान दिनुपर्ने बताउदै सीमामा अझ कडाइ गर्न र नरम बनेर लापरबाही नगर्न मुख्यमन्त्रीहरुलाई आग्रह गर्नुभयो । लकडाउन छिट्टै अन्त्य नहुने, सीमामा अझ कडाइ हुने, भावुक कुरा गरेर लापरबाही स्वीकार्य नहुने र संक्रमण फैलिनबाट सबै सचेत हुनु अनिवार्य रहेकोमा उहाँले जोड दिनुभयो ।   
भिडियो सम्बादमा प्रधानमन्त्रीले जनतालाई दु:ख दिन होइन, जनताको जीवनरक्षा गर्न नै लकडाउन अनिवार्य रहेको बुझ्न र बुझाउन सबैलाई सचेतनताका लागि आह्वान गर्नुभएको बुझिएको छ । 
छलफलका क्रममा तिनै तहका जनप्रतिनिधिले बढी भूमिका निर्वाह गर्नुपर्ने बताउदै भन्दै अहिले उच्चस्तरीय संयन्त्र आवश्यक नभएको बताउनुभयो । 

Comments