Loading...
Logo
Image

कोरोनाबाट संक्रमितको संख्या १७ लाख ८० हजार नाघ्यो, मृत्यु हुनेको संख्या १ लाख ८ हजार ८ सय

मेरो अनलाइन

काठमाडौं, चैत्र ३० गते आईतबार । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या १७ लाख ८० हजार ३ सय १२ पुगेको छ । यो समाचार तयार पार्दासम्म मृत्यु हुने मानिसको संख्या १ लाख ८ हजार ८ सय २७ पुगेको छ । 

भाइरसबाट अहिलेसम्म अमेरिकामा सबैभन्दा धेरै २० हजार ५ सय ७७ जनाको मृत्यु भएको छ । त्यस्तै धेरै मानिसको मृत्यु हुने मुलुकमा इटाली  दोस्रो स्थानमा छ । इटालीमा अहिलेसम्म १९ हजार ४ सय ६८ जनाको भाइरसको कारण मृत्यु भइसकेको छ । त्यस्तै स्पेनमा मृत्यु हुनेको संख्या १६  हजार ६ सय ६ पुगेको छ । स्पेनमा पछिल्लो समय भाइरसको कारण मृत्यु हुनेको संख्यामा उल्लेख्य मात्रामा कमी आएको बताइएकोछ ।   
फ्रान्समा अहिलेसम्म १३ हजार ८ सय ३२ जनाको मृत्यु भएको छ ।

संक्रमितको संख्यामा पनि अमेरिका सबैभन्दा अगाडि छ । अमेरिकामा यो भाइरसको कारण अहिलेसम्म ५ लाख ३२ हजारभन्दा धेरै संक्रमित फेला परिसकेका छन् । त्यस्तै स्पेनमा संक्रमितको संख्या एक लाख ६३ हजार नाघेको छ भने इटालीमा यो संख्या एक लाख ५२ हजार नाघेको छ । फ्रान्समा संक्रमितको संख्या एक लाख २९ हजार ६ सय ५४ पुगेको छ भने जर्मनिमा संक्रमितको संख्या एक लाख २५ हजार ४ सय ५२ पुगेको छ ।  

अहिलेसम्म विश्वभर चार लाख ४ हजार संक्रमित निको भइसकेका छन् । चीनमा सबैभन्दा धेरै संक्रमित निको भएका छन् । चीनमा अहिलेसम्म ७७ हजारभन्दा बढी संक्रमित निको भएका छन् । स्पेनमा पनि ५९ हजारभन्दा धेरै संक्रमित निको भएका छन् । जर्मनीमा निको हुने संक्रमितको संख्या ५७ हजार नाघेको छ । ईरानमा ४१ हजार भन्दा बढी संक्रमित निको भएका छन् । 

स्रोत: worldometers.info

Comments