Loading...
Logo
Image

थप ३ जनामा कोरोना संक्रमण भेटियाे, संक्रमितकाे संख्या १२ पुग्यो

काठमाडौं, चैत्र ३० गते आईतबार । नेपालमा थप ३ जनामा कोरोना संक्रमण देखिएको छ । हेटौंडामा शुक्रबार गरिएको प्रारम्भिक परीक्षणमा कोभिड १९ पोजेटिभ देखिएपछि काठमाडौंको टेकु अस्पतालको ल्याबमा परीक्षण गराउँदा पुनः ‘पोजेटिभ’ देखिएको हो ।
तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पोजेटिभ देखिएको बताइएको छ ।  
भारतबाट आएका २४ जनासहित ३३ जनाको नमुना संकलन गरी परीक्षणका लागि हेटौंडा प्रयोगशाला पठाइएको थियो । वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले हेटौंडामा गरिएको कोरोना भाइरसको स्वाब परीक्षणमा तीनजनाको रिपोर्ट पोजेटिभ देखिएपछि थप परीक्षणका लागि शनिबार काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको थियो।
स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरेर आधिकारिक जानकारी दिने बताएको छ । 

Comments