बागलुङकी एक महिलामा कोरोना ‘र्यापिड टेष्ट’ पोजिटिभ, देखियो
मेरो अनलाइन
पोखरा, चैत्र ३० गते आईतबार । कोराना भाइरसको द्रुत परीक्षण (र्यापिड टेष्ट) को क्रममा बागलुङमा थप एकजनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।
गण्डकी प्रदेश सरकारले कोराना भाइरसको द्रुत परीक्षण (र्यापिड टेष्ट) लाई तीब्र बनाएपछि बागलुङको ६५ बर्षिया एक महिलामा पोजेटिभ देखिएको बताइएको छ ।
बागलुङको काठेखोला गाउँपालिकामा जोखिम मानिएका ५७ जनाको द्रुत परीक्षण गरिएकोमा एक जनाको कोरोना संक्रमण पोजेटिभ देखिएको हो । कोरोना संक्रमण पोजेटिभ देखिएका ति महिला केही समय अघी भारतमा तिर्थयात्राा गएर आएको थाहा भएको छ ।
काठेखोला वडा नम्बर ६ बिहुँ इनारपानीकी एक ६५ बर्षीय महिलामा कोरोना संक्रमण पोजेटिभ देखिएको काडेखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विकले जानकारी दिनुभयो ।
पोजेटिभ देखिएकी महिलाको पुनः स्वाब संकलन गरेर थप परीक्षणका लागि पोखरा पठाउने जिल्ला स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

Comments