पूर्व राजाको गर्जन : निषेध गरेर जाने सोचको आयु समाप्त भइसक्यो
मेरो अनलाइन
काठमाडौँ, वैशाख १ गते सोमबार। पूर्वराजा ज्ञानेन्द्र शाहले निषेध गरेर जाने सोचको आयु समाप्त भएको बताउनुभएको छ ।
नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश दिदै उहाँले कोराना भाइरसको महामारीबाट बच्न सबैले सजगता अपनाएर आपसमा एकता कायम गर्नुपर्ने बताउदै कसैले कसैलाई निषेध गरेर जाने सोचको आयु समाप्त भएको स्वीकार गर्दै राष्ट्रिय भाव र एकता प्रवलिकरणको मार्ग स्पष्ट गर्न नसकेमा इतिहासमा अर्को एउटा महाभूल हुने ठानेका उल्लेख गर्नुभएको छ ।
हाम्रा पुर्खाले अबलम्बन गर्दै आएको वैदिक सनातन दर्शन, धर्म, संस्कृति, परम्परा तथा जीवन पद्धती नै सर्वश्रेष्ठ र बैज्ञानिक भएको महशुस विश्व जगतले गरेको उल्लेख गर्दै उहाँले आफ्नो सन्देशमा भन्नुभएको छ, ‘हाम्रा मौलिक सनातनिक सभ्यताको पुनर्जागरण, वर्तमानको अनिवार्य चाहना र आवश्यकता बनिरहेको छ ।’

Comments