Loading...
Logo
Image

फेरी एकजनमा कोरोना संक्रमण भेटियो, सिमा क्षेत्र उच्च जोखिममा

मेरो अनलाइन

धनगढी,वैशाख १ गते सोमबार। कैलालीको लम्किचुहाकी एक महिलामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । 
लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएकी ती महिलाको र्‍यापिड टेस्टमा नेगेटिभ देखिए पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा परिक्षण गर्दा पोजेटिभ देखिएको बताइएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ पुगेको छ । 
क्वारेन्टाइनमा बसेकाहरुको र्‍यापिड टेष्ट बाट परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको ति महिलालाई पीसीआर बिधिबाट गरिएको परीक्षणमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।
ति महिलालाई अहिले सेती प्रादेशिक अस्पताल पठाइएको छ ।

Comments