Loading...
Logo
Image

भारतमा मात्र नौ हजार बढीमा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या तीन सय नाघ्यो

नेपालमा पनि जोखिम बढ्यो

काठमाडौँ, वैशाख १ गते सोमबार । विश्वभर कोरोना संक्रमितको संख्या १८ लाख ५३ हजार भन्दा बढी पुग्दा भारतमा मात्र संक्रमितको संख्या नौ हजार नाघेको छ भने भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या तीन सय ३१ पुगेको छ । 
पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट ३५ जनाको मृत्यु भएको छ । अहिलेसम्म भारतको महाराष्ट्रमा मात्र एक हजार नौ सय ८५ जना मानिसमा संक्रमण देखिएको छ भने एक सय ४९ जनाको मृत्यु भएको छ । अन्य स्थानमा पनि कोरोना संक्रमण बढीरहेको छ । 
भारतमा कोरोना संक्रमण बढे सँगै खुल्ला सिमाका कारण नेपालमा पनि कोरोनाको जोखिम बढेको छ । आज मात्र कैलालीमा थप एक जनामा संक्रमण देखिएसँगै सिमा क्षेत्रमा अझै त्रास बढेको छ ।  

Comments