Loading...
Logo
Image

रौतहतमा पनि थप एकमा संक्रमण, संक्रमितको संख्या १४ पुग्यो

मेरो अनलाइन

काठमाडौँ, वैशाख १ गते सोमबार । रौतहटका पनि एक युवकमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ । क्वारेन्टाइनमा रहेका १९ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले आज पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । 
यसअघी कैलालीमा कोरोना भाइरस संक्रमणका थप बिरामी फेला परेको खबरलाई पनि मन्त्रालयले पुष्टि गरेको छ । कैलालीको लम्किचुहाकी एक महिलामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको हो । 
मन्त्रालयका प्रवक्ता विकाश देवकोटाले रौतहटको क्वारेन्टाइनमा रहेका १९ वर्षीय युवा र कैलालीका ६५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । 

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ ।

Comments