Loading...
Logo
Image

काठमाडौंमै तीनजनामा कोरोना र्‍यापिड टेष्ट पाेजेटिभ, सनसीटी अपार्टमेन्ट सिल गरियो ।

मेरो अनलाइन

काठमाडौँ, वैशाख १ गते सोमबार । काठमाडौंमा एकै परिवारका तीन जनालाइ कोरोना संक्रमणकाे आशंकामा उपचारका लागि प्रहरीले पाटन अस्पताल पठाएको छ । काठमाडाैंकाे पेप्सिकोलास्थित सनसीटी अपार्टमेन्टमा रहेका ३ जनामा कोरोना भाइसर (कोभिड–१९) आशंका गरिएको हो ।  

अपार्टमेन्टमा बस्दै आएका ३ जनामाथि कोरोनाको आशंका गरिएको र उनीहरुको थप टेस्टको लागि अस्पताल पठाएकाे प्रहरीले जनाएकाे छ ।
उनीहरूलाइ नगरपालिकाले गरेकाे र्यापिड परीक्षणमा काेराेना पाेजेटिभ देखिएपछी अहिले अपार्टमेन्टलाइ सिल गरेर राखिएकाे बताइएको छ । 
उनीहरु २८ दिनअघि बेलायतबाट आएको खुलेको छ । उनीहरुमा लक्षण देखिएपछि र्‍यापिड टेष्ट गरिएको थियो ।

उनिहरुमा कोरोना संक्रमण भएको विषयमा आधिकारिक रुपमा पुष्टि भने भएको छैन ।

Comments