- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौँ, वैशाख १ गते सोमबार । कोरोनाभाइरस विरुद्ध उपयोगि हुने ठानिएको हाइड्रोक्सीक्लोरोक्वीनको बोकेको जहाज भारतबाट अमेरिका पुगेको छ । अमेरिकाको नेवार्क विमानस्थलमा उक्त जहाज अवतरण गरेको अमेरिकाका लागि भारतीय राजदूत तरनजितसिंह सन्धुले जानकारी दिनुभएको छ ।
भारतीय राजदूत सन्धुको आधिकारिक ट्वीटर हयाण्ड्लबाट गरिएको ट्वीटमा कोभिड–१९ विरुद्ध लड्न आफ्ना सहयोगी राष्ट्रलाई सहयोग गर्ने अवधारणा अनुरुप औषधी बोकेको जहाज अवतरण भएको जानकारी गराउनुभएको छ । साताको सुरुवातमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले औषधीको निर्यातमाथि प्रतिबन्ध हटाएकोमा भारतलाई धन्यवाद दिनुभएको थियो ।
अमेरिकाले भारतबाट दुई करोड ९० लाख खुराक खरिद गरेको छ । अमेरिकाको खाद्य विभागले कोरोनाभाइरस संक्रमितमा हाइड्रोक्सीक्लोरो क्वीन चलाउन अनुमति दिइसकेको छ । मलेरिया रोगमा काम लाग्ने उक्त औषधीको सेवनबारे विशेषज्ञले अझै आफ्नो राय स्पष्ट गरिसकेको छैन् । औषधीको सेवनले अन्य उपद्रव हुन सक्ने स्वास्थ्यविज्ञहरुको सुझाब छ ।
यसैबीच, फ्रान्समा टुंगिएको एक प्रयोगशाला परीक्षण अध्ययनले हाइड्रोक्सीक्लोरोक्वीनको सेवनले कोरोनाभाइरसका ९१.७ प्रतिशत संक्रमित मुक्त भएका छन् । फ्रान्समा कोरोनाभाइरस संक्रमित एकहजार ६१ जना बिरामीमा हाइड्रोक्सीक्लोरोक्वीनको खुराक दिइएको थियो । एन्टीबायोटिकसँगै औषधीको सेवनले दशदिनमा परिणाम मुक्त भएको अध्ययनबाट खुलेको हो । १५ दिनसम्म सेवन गरे ९५ प्रतिशत निको हुने अध्ययनले देखाएको छ ।
-
-
7 months agoइजरायली आक्रमणमा आईआरजीसी प्रमुख सलामीको मृत्यु
-

Comments