अनलाइनमार्फत खाद्यसामग्री खरिद गर्दा एनआईसी एशियाका ग्राहकलाई १० प्रतिशत छुट
मेरो अनलाइन
काठमाडौँ, वैशाख २ गते मंगलबार । विश्वभर फेलिँदै गएको कोरो भाइरसको संक्रमणबाट बच्न देश नै लडाउनको अवस्थामा रहेको बेला एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई अनलाइनबाट सामान खरिद गर्दा लकडाउन अवधिभर खरिद रकमको १० प्रतिशत वा अधिकतम ५ सय रुपैयाँसम्म छुट पाउने व्यवस्था मिलाएको छ ।
बैंकका अनुसार लकडाउन अवधिभर दराज अनलाइनमा रहेको बिग मार्टका साथै सेल्सबेरी, मेरो किराना तथा सेन्ट्रल बजारमार्फत एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ तथा डेबिट÷क्रेडिट कार्ड प्रयोग गरी रकम भुक्तानी गरी उपभोग्य सामान खरिद गर्दा सो छुट पाइने बताइएको छ ।
घरमै बसीबसी उपभोग्य सामग्रीहरू खरिद गर्न सहज होस् भन्ने उद्देश्यले बैंकले यस्तो सुविधा उपलब्ध गराएको बताएको छ ।

Comments