Loading...
Logo
Image

भारतमा लकडाउन ३ मे सम्म लम्बियो, नेपालमा पनि लकडाउनको अवधि बढ्ने, आज मन्त्रिपरिषद् बैठक

मेरो अनलाइन

काठमाडौँ, वैशाख २ गते मंगलबार । भारतले ३ मे सम्मका लागि लकडाउन लम्ब्याएको छ । आज बिहान राष्ट्रका नाममा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउन मे ३ अर्थात वैशाख २१ गतेसम्मका लकडाउन लम्ब्याइएको बताउनुभएको छ ।
यता नेपालमा पनि लकडाउन थप हुने भएको छ । लकडाउनको अवधि १ दिनमात्र बाँकी रहेको अवस्थामा  पुन: लकडाउनको अवधी थप गर्ने बिषयमा छलफल गर्न सरकारले आज मन्त्रिपरिषद् बैठक बोलाएको छ ।
तेस्रो पटक थप गरिएको लकडाउन सकिएपछी खुल्ला हुन्छ कि भन्ने चर्चा चलिरहंदा कोरोना संक्रमणको दर बढेसंगै सरकारले लकडाउनको अवधि १ देखि २ सातासम्म थप गर्ने बताइएको छ । सरकारले गत ११ चैतबाट लकडाउनको घोषणा गरेको थियो । त्यसपछी २ पटक गरी थप गरिएको लकडाउनको अवधी बुधवार सकिदैछ । विश्वभर महामारीका रुपमा कोरोना भाइरसको संक्रमण फैलिँदै जाँदा भारतमा पनि संक्रमितको दर बढेको र पछिल्लो समय नेपालमा पनि संक्रमित भेटिएसंगै लकडाउन थप गर्न लागिएको हो । 

Comments