Loading...
Logo
Image

भ्याक्सिनविना कोरोना रोक्न सकिदैन

मेरो अनलाइन

काठमाडौँ, वैशाख २ गते मंगलबार । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले भ्याक्सिन नबनेसम्म कोरोनाको संक्रमण पूर्णरुपमा नरोकिने बताएको छ । डब्लुएचओले कोरोना भाइरस संक्रमणलाई एक प्रभावकारी भ्याक्सिनले मात्र रोक्न सक्ने बताएको हो ।
डब्लुएचओका महानिर्देशक टेड्रोड एडहानोम गेहब्रेयससले प्रभावकारी खोपबाट मात्रै कोरोना भाइरसको संक्रमण पूर्ण रुपमा रोक्न सकिने बताउनुभयो । 
उहांले २००९ मा फैलिएको स्वाइन फ्लुको तुलनामा कोरोना भाइरस १० गुणा बढी घातक रहेको बताउनुभयो । नियमित पत्रकार सम्मेलनका क्रममा उहांले भन्नुभयो,‘हामीलाई थाहा छ कोभिड १९ तीव्र रुपमा फैलिरहेको छ । हामीलाई थाहा छ यो २००८को स्वाइन फ्लुभन्दा १० गुणा खतरनाक छ ।’  
कोरोना भाइरसको औषधि अझै पत्ता लागेको छैन । यसको खोप आउन कम्तीमा १२ देखि १८ महिनासम्म लाग्न सक्ने बताइएको छ ।

Comments