सनसिटी अपार्टमेन्टका २ मा कोरोना देखियो १ जनामा देखिएन
मेरो अनलाइन
काठमाडौँ, वैशाख २ गते मंगलबार । सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका एकै परिवारका ३ जनामध्ये २ जनामा मात्र कोरोना संक्रमण देखिएको पुष्टि भएको छ । १ जनाको पहिलो परीक्षण भने नेगेटिभ देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८१ वर्षीया महिला र ५८ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको हो ।
स्वास्थ्य मन्त्रालयले वेबसाईट मार्फत दिएको जानकारी यस्तो छ :
पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा लण्डनबाट आई बसोबास गर्ने एकै परीवारका ३ जना कोभिड-१९ को शंकास्पदहरूको मिति २०७७ साल बैशाख १ गते आरडीटी विधिबाट परीक्षण गर्दा दुई जना (५८ बर्षिया पुरुष, ८१ बर्षिया महिला) को पोजेटिभ देखिएकोले पीसीआरबाट थप परिक्षण गर्दा समेत पोजेटिभ रिपोर्ट देखिएको छ भने बाँकी १ जनाको पहिलो परिक्षणमा कोभिड-१९ पोजेटिभ नदेखिएको र उल्लेखित ३ जना व्यक्तिहरू क्वारेन्टाईन टाउन प्लानिंङ स्थित निवासमा बसोबास गर्दै आएको व्यहोरा समेत जानकारीका लागि अनुरोध छ । उक्त अपार्टमेन्टमा बस्ने व्यक्तिहरूको परिक्षण आजैबाट सुरू गरिएको छ भने निजहरू संग संलग्नहरूको tracing सुरू भएको छ ।

Comments