सनसिटी अपार्टमेन्टमा सबैको कोरोना संक्रमण परीक्षण गरिने
मेरो अनलाइन
काठमाडौँ, वैशाख २ गते मंगलबार । सनसिटी अपार्टमेन्टमा बसेका २ जनालाई कोरोना भएको पुष्टिभएसँगै त्यहाँ बस्ने सबैको कोरोना संक्रमण परीक्षण सुरु भएको छ ।
एकै परिवाका ३ जनामा कोरोनाको आशंका गरिएकामा २ जनामा पुष्टिभएसँगै त्यहाँ बस्ने व्यक्तिहरुमा परीक्षण सुरु गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बेलायतबाट आएर त्यहाँ बसेका एकै परिवारका ५८ वर्षका पुरुष र ८१ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको र एक जनाको पहिलो परीक्षणमा भने कोभिड १९ पोजेटिभ नदेखिएको पनि मन्त्रालयले जनाएको छ ।

Comments