कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख २६ हजार नाघ्यो,संक्रमितको संख्या १९ लाख ९८ हजार
मेरो अनलाइन
काठमाडौं, वैशाख ३ गते बुधबार। विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुने मानिसको संख्या १ लाख २६ हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अहिलेसम्म यो भाइरसबाट मृत्यु हुने मानिसको संख्या १ लाख २६ हजार ६ सय ७ पुगेको छ भने विश्वमा यो भाईरसबाट संक्रमित हुनेको संख्या १९ लाख ९८ हजार १ सय ३८ पुगेको छ ।
भाइरसबाट अहिलेसम्म अमेरिकामा मात्र २६ हजार ४७ जनाको मृत्यु भैसकेको छ भने त्यहाँ संक्रमितको संख्या ६ लाख १३ हजार ८ सय ८६ पुगेको छ ।
त्यस्तै भाइरसबाट धेरै मानिसको मृत्यु हुने मुलुकमा इटाली दोस्रो स्थानमा पुगेको छ । इटालीमा २१ हजार ६७ जनाको मृत्यु भएको छ । स्पेनमा मृत्यु हुनेको संख्या १८ हजार २ सय ५५ पुगेको छ भने फ्रान्समा १५ हजार ७ सय २९ जनाको मृत्यु भएको छ ।
स्पेनमा संक्रमित संख्या एक लाख ७४ हजार नाघेको छ भने इटालीमा यो संख्या एक लाख ६२ हजार नाघेको छ । त्यसैगरि जर्मनीमा संक्रमितको संख्या १ लाख ३२ हजार २ सय १० पुगेको छ ।
अहिलेसम्म विश्वभर ४ लाख ७८ हजार ७ सय ४१ संक्रमित निको भइसकेका छन् ।

Comments