Loading...
Logo
Image

सनसिटीमा आज परीक्षण गरिएका सबैको कोरोना रिपोर्ट नेगेटिभ

मेरो अनलाइन

काठमाडौं, वैशाख ३ गते बुधबार। पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा ब्लक ‘ए’ मा बस्दै आएकाहरु सबैको र्‍यापिड डाइगोनेस्टिक किट (आरडीटी) विधिबाट परीक्षण गरीएकोमा कोरोना भाइरस (कोभिड–१९) को रिपोर्ट नेगेटिभ आएको छ । 
सनसिटी अपार्टमेन्टमा बस्दै आएका मध्ये ब्लक ‘ए मा बस्दै आएकाहरुको परीक्षण गरिएको र आज परीक्षण गरिएका जति सबैको रिपोर्ट नेगेटिभ आएको कागेश्वरी मनहोरा नगरपालिका प्रमुख कृष्णहरि थापाले जानकारी दिनुभयो । 

बुधबार ब्लक ‘ए’ मा रहेका ९० परिवारका २ सय ४३ जनाको परीक्षण गरीएको थियो । सनसिटी अपार्टमेन्टमा रहेका ५ वटा ब्लकमा ५ सय परिवारका करिब १ हजार ५ सय जना बस्दै आएका छन् ।

Comments